कोरोनाबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

काठमाडौं, भदौ १७ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका वडा नम्बर ७ का ४० वर्षका युवकको मंगलबार राति लगनखेल स्थित पाटन अस्पताल मा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।

अस्पतालको भे न्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।

युवकको बुधबार पशुपति आ र्यघाटमा अ न्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...