नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए, काठमाडौंमा थपिए ३८८

काठमाडौँ, भदौ १७ । नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयले बताएको छ ।

सकृय सङ्क्रमितहरू अठार हजार १०८ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ४९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एकहजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । जम्मा डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वा रेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७६६ रहेका छन् ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको मन्त्रालयले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...