एकै पटकमा चार बच्चालाई जन्म दिने महिलाको मृत्यु

काठमाडौ, भदौ १७ । धनुषामा एकै पटकमा चार बच्चाको जन्म दिएकी महिलाको मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका वडा नम्बर ७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी थिइन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ ।

अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए । मृतक महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...