सिन्धुलीको सुनकोसी गाउँपालिकाद्धारा आइसोलेसन भवनलाई ५ लाख र अस्पताललाई १ लाख सहयोग

सिन्धुली, भदौ १७ । कमलामाई नगरपालिका ६ मा निर्माणाधिन ५० वेडको आइसोलेशन भवन निर्माणको लागि सुनकोसी गाउपालिकाले पाँच लाख रुपैया सहयोग गरेको छ ।
बुधबार सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले आइसोलेशन निमार्ण समितिका संयोजक अशोक श्रेष्ठ लाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

यसैगरी गाउँपालिकाले सिन्धुली अस्पताललाई पनि १ लाख रुपैया सहयोग गरेको छ । अध्यक्ष दाहालले उक्त रकम आज बुधबार सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेललाई हस्तान्तरण गर्नु भएको हो ।

अध्यक्ष दाहालले अहिले तत्कालका लागि आइसोलेसन भवन निर्माणमा ५ लाख रकम सहयोग गरेको र भोलीका दिनमा जिल्लाका अन्य स्थानिय निकायलाई पर्ने भाग अनुसार सहयोग गर्ने बताउनु भयो ।

सुनकोसी गाउँपालिकाले गिट्टी र बालुवा पनि सहयोग गरेको थियो। जिल्लामा को रो ना सं क्रमितको संख्या बढ्दै जादाँ संक्रमितलाई राखेर उपचार गर्न आइसोलेशन वेडको अभाव भएपछि एकै पटक ५० वेडको आईसोलन भवन निर्माण गर्न सुरु गरिएको हो ।

आईसोलेसन भवन निर्माणमा अहिले सिन्धुलीका विभिन्न संस्था तथा निकायहरुले स्वत स्फुर्त रुपमा सहयोग गरिरहेका छन् । तीन हप्ता सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको आइसोलेशन भवन निर्माणका लागि जिल्लाका अन्य स्थानिय निकायहरुले सहयोग गरिने जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...