रातो मछिन्द्रनाथको रथयात्राको विषयमा विवाद, स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं, भदौ १८ । रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै ललितपुरको पुल्चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झ डप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले ढुं गामुडा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्र हार गरेको छ ।

युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् । अहिलेपनि स्थानीय र प्रहरीबीच झ डप भइरहेको छ । को रो ना भा इरसको कारण देखाउँदै पुल्चोकमा भेला भएर स्थानीयले लामो समयदेखि रथलाई त्यतिकै राख्न नहुने भन्दै जात्रा चलाउनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

केहि समय अघि ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञाकाबीच सुरु भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा रोक्ने बताएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 3, 2020
Loading...