नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ संक्रमित थपिए, काठमाडौंमा थपिए ४४५

काठमाडौं, भदौ १८ । नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा को’रोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयले बताएको छ ।

सक्रिय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ६७१ रहेका छन् । हाेम आइसाेलेसनमा ७ हजार ७४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । जम्मा डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 3, 2020