लोकल मदिरा नियन्त्रणमा लिई प्रहरीद्वारा नष्ट

सिन्धुली, भदौ १८ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले करिव ६० लिटर लोकल मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ र १५ लिटर लोकल मदिरा नष्ट गरेको छ ।
लोकल मदिरा उत्पादनका लागि कच्चा पदार्थको रूपमा प्रयोग गरिने जाँड बुधबार नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, कार्यालयबाट प्रहरी सहायक निरीक्षणकको नेतृत्वको मोवाइल प्रहरी टोलीले बुधबार कमलामाई नगरपालिका वडा नम्बर ४ ढुङ्ग्रेबासबाट स्थानीयको करिव ६० लिटर जाँड र करिब १५ लिटर लोकल मदिरा बरामद गरेको थियो ।

प्रहरीले आज जिल्ला प्रहरी कार्यालय नजिकै रहेको खालि भुभागमा स्थानिय प्रतिनिधिको रोहबरमा खाल्डो खनि नष्ट गरिएको जानकारी दिएको छ ।

यस अघि पनि सिन्धुली प्रहरीले लोकल मदिरा बनाउन प्रयोग हुने ३ क्यारेट कच्चा पदार्थ मर्चा बरामद गरि नष्ट गरिएको थियो ।

                                                            काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 3, 2020
Loading...