पुल्चाेक झ डपमा ट्राफिक प्रहरी कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं, भदौ १८ । ललितपुरमा ट्राफिक प्रहरीका जवान कमल प्रसाद घिमिरे माथि नि र्घात कु टपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि नि र्घात कु टपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

‘प्रहरीमाथि कु टपिट गर्नेहरू जसरी पनि पक्राउ पर्छन्। हामीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेका छौं,’ एसएसपी राईले भने,’अरू पनि संलग्न छन् भने पक्राउ गर्छौं।’

पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ र ४० वर्षीय यादवलाल कायस्थ छन्।

प्रहरीले उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा चलाउन सकिने बताएकाे छ। घाइते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 3, 2020
Loading...