सिन्धुलीमा काङ्ग्रेस परित्याग गरी सयौं कार्यकर्ता नेकपा प्रवेश

सिन्धुली, भदौ १८ । सिन्धुलीमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेकपा प्रवेश गरेका छन ।

सिन्धुलीको मरिण गाउँपालिकाको विभिन्न ठाउँबाट २ सय ५५ जना भन्दाबढी नेपाली काङ्ग्रेस लगाएत अन्य पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन ।

बिहीबार नेकपा मरीण गाउपालिका ३ नम्बर वडा कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य नर बहादुर घलानको नेतृत्वमा मथौली, बरुण ,नक्कलीबाट २५५ जनाले नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन ।

नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल र जिल्ला पार्टी सचिव प्रदिप कटुवालले उनीहरूलाई फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

उक्त पार्टी प्रवेश कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, नेकपाका स्थानीय नेताहरु गाेविन्दलाल माझी, काैशल काेईराला, गणेश रत्न, गोपाल बुढाथोकी रामकुमार उप्रेती, वडा नम्बर ३ का वडाअध्यक्ष विमर्श मोक्तान लगाएको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका तस्बिरहरु :

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 3, 2020
Loading...