युएईमा रहेका नेवार समुदायले भब्य रुपमा मनाए ईन्द्रजात्रा

युएई, आबुधाबी ।

नेवा: पुच: युएईको आयोजनामा १३ सेप्टेम्बर शुक्रबारका दिन युएईको अवुधाबीमा युएईमा रहेका नेवार समुदायले ईन्द्रजात्रा येंया पुन्ही अर्थात ईन्द्रजात्रा कार्यक्रम भव्य रुपमा मनाएका छन । प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृति भाषा , रितिरिवाज र चाडपर्वहरुको संरक्षण गर्दै आईरहेको नेवा: पुच युएईले हरेक चाडपर्वमा यस्तै कार्यक्रम आयोजना गर्ने गरेको नेवा पुच: युएईका महासचिब कुमार बलामीले जानकारी दिएका छन ।

कार्यक्रम संयोजक सुनिलमान श्रेष्ठका अनुसार बिदेशको बसाई, सबैको कार्यब्यस्तताको कारण कार्यक्रम निकै छोटो समयमा तय गर्नु परेको भएता पनि सबैले सकारात्मक तथा आ-आफ्नो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरी आवश्यक साथ सहयोगका गरेका कारण कार्यक्रम गर्न सफल भएको बताए ।

बिशेष गरेर कार्यक्रमको मुख्य आकर्षक विन्दु श्री श्वेत भैरव (हाका द्य ) को प्रतिमा मुकुट (डिज़ाइनर) भुवन नकर्मीले गर्नुभएको थियो, भने अवुधाबी मिसा पुचका अन्जना नकर्मी, मिना श्रेष्ठ, हिमालयश्वरी श्रेष्ठ, अर्चना शिख्राकार,रेणुका रंजित र टिना मल्ल लगाएतका दिदीबहिनीहरुले घरमै बिभिन्न स्वादिष्ट खानाका परिकारहरु तैयार गरेर कार्यक्रमा उपलब्ध गराउनु भएको थियो । तेसैगरी कलाकारहरु सुष्मिता श्रेष्ठ, अवनी श्रेष्ठ, पवल श्रेष्ठ, अभिनव नकर्मीले कार्यक्रममा आकर्षक नृत्य तथा गितसंगित प्रस्तुत गरी भरपुर मनोरन्जन प्रदान गरेका थिए । युएईमा रहेका नेवार समुदायको उल्लेख्य सहभागीता रहेको कार्यक्रम आबुधाबीको लाइफ लाइन हस्पिटलको हलमा सम्पन्न भएको थियो।

प्रकाशित मिति September 15, 2019
Loading...