अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।

संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले सञ्चारमन्त्री गोकुल बास्कोटा ७० करोड प्रकरणमा राजीनामा दिएपछि सञ्चार मन्त्रालय पनि सम्हालेका थिए । उनले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनेको स्रोतले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 4, 2020
Loading...