नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, १३५९ संक्रमित थपिए, काठमाडौंमा थपिए ४५४

काठमाडौं, भदौ १९। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १३५९ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।

यसअघि बिहीबार एकैदिन १२२८ जना को रोना संक्रमित थपिएका थिए।योसंगै हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा ४५४ जनामा को रोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाका ४५४ जना सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा सबैभन्दा बढी ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना स ङ्क्रमितको पुष्टि भएको जानकारी दिनुभयो ।

सकृय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ९४२ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ४६२ रहेका छन् ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ५६१ रहेका छन् । पछिल्लो २४ घण्टामा थप १४ जना को रो ना सं क्रमितको मृ त्यु भएको छ। योसँगै कोरोनाबाट मृ त्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 4, 2020
Loading...