यूएईबाट दैनिक ५ उडान हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र

दुबई, भदौ १९ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कृयाशिल ४४ वटा सामाजिक संस्थाहरुले दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गरेका छन् ।

यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले प्रधानमन्त्री केपी ओलीलाई एक पत्र लेख्दै उक्त माग राखेको हो । समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा हस्ताक्षर गरी प्रेषित पत्रमा सामान्य अवस्थामा दैनिक४ सय उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हा त्तीको मु खमा जीरा भएको जि किर गरेका छन् ।

चार लाख भन्दा बढी नेपालीहरु रहेको यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेको बताईएको छ । १५ हजार भन्दा बढी नेपालफर्किएको र हाल ३५ हजार नेपाली नेपाल जान नपाएर अ’लप’त्र परेको जनाईएको छ ।

यूएईमा आ म मा फीको समय पनि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने नेपाली समाजका महासचिव बेद प्रसादअर्यालले बताए ।

नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ भने यूएईमा रहेका ४४वटा संस्थाले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 4, 2020
Loading...