नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं, भदौ २० । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । विराटनगर, धुलिखेल, धरान र पर्सामा एक एक जनाको मृत्यु भएको हो ।

कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा आज ६४ वर्षीया महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ४ की महिलाको उपचारको क्रममा मृ त्यु भएको हो ।

त्यस्तै को रोना सं क्रमण पुष्टि भएका महोत्तरीको बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृ त्यु भएको छ । उनी १५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक को रोना संक्रमित महिलाको मृ त्यु भएको छ। मोरङको विराटनगर ११ घर भएकी ४३ वर्षीया महिलाको शुक्रबार साँझ मृ त्यु भएको हो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पर्सामा थप एक जना पुरुषको को रोना सं क्रमणका कारण मृ त्यु भएको छ । पकहा मैनपुर गाउँपालिका दुई निवासी ७५ वर्षका बैजनाथ महतोको गएराति को रोना अस्पताल गण्डकमा उपचारको क्रममा मृ त्यु भएको हो । उनी भदौ ५ गते को रोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 5, 2020