पुर्व राजासँगको फोटो सेयर गर्दै काङ्ग्रेस नेता रामचन्द्रले भने : इतिहास जिवित रहन्छ

काठमाडौं, भदौ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमा स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर सेयर गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले लेखेका छन्,‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ ! पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन ।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 5, 2020
Loading...