यसै महिनाबाट करोडौं डोज कोरोना खोप उत्पादन गर्दै रुस

काठमाडौँ, भदौ २० । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् ।

बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए र उनीहरूलाई खोप दिइएको ४२ दिनपछि परीक्षण गर्दा सबैकाे तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै ग म्भीर सा’इडइ’फेक्ट थिएन ।

हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिपाेर्टमा सो खोपले बलियो प्रतिरोधी क्षमता विकास गरेको उल्लेख गरिएको छ । सो खोपका विषयमा पर्याप्त अध्ययन नपुगेको र यसलाई अझै धेरै मानिसमा परीक्षण गरिनुपर्ने बेलायतको इम्पेरियल कलेजका एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेन्सोले बताएका छन् ।

सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराएको समाचारमा जनाइएको छ । सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भविष्यमा प्रभावकारी हुनुपर्नेछ । रुसले सो खोपको ठूलो सङ्ख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।

सो खोपबारे अमेरिकी ब्राउन युनिभरसिटीको जनस्वास्थ्य विभागका डिन आषिस झाले सो खोप सुरक्षित छ र त्यसले काम गर्छ गर्दैन भन्ने आफूहरूलाई ज्ञान नभएको बताएका छन् ।
स्रोत : बीबीसीमा प्रकासित समाचारमा आधारित

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 5, 2020