नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, १०४१ संक्रमित थपिए, काठमाडौंमा थपिए ४०८

काठमाडौं, भदौ २० । नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको मन्त्रालयले बताएको छ ।

हाल १७ हजार ८७० जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ४७३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

त्यसैगरी नेपालमा को रोना सं क्रमणबाट थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २८० पुगेको मन्त्रालयले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 5, 2020
Loading...