खाद्यान्न र औषधि बोकेका सवारीसाधन जुनसुकै बेला काठमाडौं उपत्यका छिर्न पाउने

काठमाडौं, भदौ २० । पृथ्वी राजमार्ग हुँदै उपत्यकामा अत्यावाश्यक खाद्यान्न लगाएत औषधि बोकेर आएका सवारीका साधनहरुलाई प्रहरीले आजदेखि जुनसुकै समयमा पनि नागढुङ्गा नाका प्रवेश गर्ने दिने भएको छ ।

उपत्यकाका सबै सहरहरुमा निषेधाज्ञा लागु गरेयता बेलुकी नौ बजेदेखि विहानको चार बजेसम्ममात्र मालवाहक सवारी उपत्यका प्रवेशको अनुमति दिइएको थियो ।

तराईका विभिन्न जिल्लाहरुबाट मालवाहक सवारीका साधनहरु दैनिकजसो निकैको संख्यामा राजधानीका लागी आउन थालेसँगै नागढुङ्गनाकामा सवारी जाम बिहान बढ्न थालेपछि नयाँ नियम लागू गरिएको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 5, 2020