कोरोनाबाट विदेशमा यो साता थप ५ जना नेपालीको मृत्यु

काठमाडौं, भदौ २१ । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप पाँच जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’का अनुसार यो साता मृ त्यु हुने सबै युएईका रहेका छन् ।

योसँगै विभिन्न १६ देशमा संक्रमणका कारण मृ त्यु हुने नेपालीको संख्या दुई सय पुगेको छ । यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलोपटक सं क्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता को रोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हाल सम्म नेपाल बाहेकका देशमा मात्र ३४ हजार ९ सय ३९ जना नेपालीमा सं क्रमण देखिएको छ । तिमध्ये ३२ हजार ९ सय ८९ जना निको भएका छन् ।

कोरोनाका कारण विदेशमा अ लपत्र ५८ देशका ५६ हजार ७ सय ७७ जनाको उ द्दार भएको एनआरएनएले जनाएको छ । विदेशमा विभिन्न कारणले मृ त्यु भएका २ सय ९९ जना नेपालीको श व पनि नेपाल ल्याइएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 6, 2020