१८ जना जुवाडेमा कोरोना संक्रमण पुष्ठि

स्याङ्जा, भदौ २१ । स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये १८ जना जुवातास सम्बन्धी कसूरका अ भियुक्त हुन् ।

कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट प क्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 6, 2020