यसरी तानियो रातो मछिन्द्रनाथकोे रथ (फाेटाे-फिचर)

काठमाडौं, भदौ २१ । वर्षा र सहकालका देवता रूपमा परिचित रातो मछिन्द्रनाथकोे रथ आइतबार बाजा गाजासहित ललितपुरको पुल्चोकबाट ५० मिटर परसम्म लगिएको छ ।
दिउँसो ३ बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःवहालबाट पुल्चोक सम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामी समेत दिइएको थियो ।

कोरोनाको म हामारी तथा सरकारले जारी गरेको निशेषज्ञाको कारण मछिन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दवाव साहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानियले दवाव पनि दिदै आइएका थिए ।
सङघीय सासद पम्फा भुषाल, ललितपुर महानगरपलिाका प्रमुख चिरीबाबु महर्जन लगायता ब्यक्तिपनि रथ यात्रामा उपस्थित हुनुहुन्थ्यो ।

मेयर महर्जनले रथ यात्रामा ब्यवस्थित भएको र कुनै पनि अ प्रिय घ टना नभएकोमा खुसी ब्यक्त गदै भन्नुभयो, संस्कृतिको साथ साथै मानव जीवनलाई पनि बचाउन उत्तिकै आवश्यक छ ।

१९ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो ।

खलपुचःका संयोजक चन्द्र महर्जनले मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तानेको जानकारी दिनुभयो ।

लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटनका विभिन्न टोलका चारदेखि पाँच जना मानिस सहभागी हुने महानगरपालिकाले जनाइएको छ ।
संयोजक महर्जनले भन्नुभयो, रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोरोनाको मापदण्ड अपनाउन लगाउने छौँ । ” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।

विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मत्स्येन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।                                          गोर्खापत्रबाट ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 6, 2020