सिन्धुलीमा विप्लव समूहका दुई नेताले गरे आत्मसमर्पण

सिन्धुली, भदौ २२। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुईजना विद्यार्थी नेताले सिन्धुली जिल्ला प्रशासन समक्ष सोमबार आत्मसमर्पण गरेका छन् ।

कमलामाई नगरपालिका वडा नम्बर २ घर भइ विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष रहेका सबिन श्रेष्ठ र तीनपाटन गाउँपालिका वडा नम्बर ५ का उपाध्यक्ष होमबहादुर सार्कीले सामान्य जीवनयापन गर्ने भन्दै आज आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

                                                                            पछिल्ला दिनहरुमा सिन्धुलीमा विप्लव समूहको गतिविधि बढेको छ । गतसाता मात्रै सिन्धुली तिनपाटनका एक स्कुलका प्रधानाध्यापक अ’पह’रणमा संलग्न विप्लव समूहका आठ जना नेता कार्यकर्तालाई वि स्फोटक प दार्थ सहित प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 7, 2020