रुसले बनाउदै गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने

एजेन्सी : रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन । खोपको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण भने रुसमै भएको थियो । परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने अनुमान गरिएको छ ।

रुसले ११ अगष्टमा आफुले कोरोना भाइरस बिरुद्धको खोपको विकास गरेको दावी गरेको थियो । खोपको प्रारम्भिक परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको रुसी बैज्ञानिकको दावी छ ।                                                                                  सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराएको समाचारमा जनाइएको छ । सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भविष्यमा प्रभावकारी हुनुपर्नेछ । रुसले सो खोपको ठूलो सङ्ख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने पनि बताइएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 8, 2020
Loading...