झापामा फेलापर्यो अनौठो माछा, बोक्न नसकेर मोटरसाइकलमा हालेर लगियो बिक्री गर्न

बिर्तामोड, भदौ २३। झापा गाउँपालिका २ को कनकाईमाइको तटमा अनौठो अंजङ्गको माछा फेला परेको छ ।
स्थानीय भाषामा बगाह जातको २५ किलो तौलको यो माछा स्थानीय अशोक मुखिया र उनको परिवारले खोलामा सोमवार दिउँसो फेला पार्नुभएको हो । उक्त माछा हालसम्म गाउँपालिकामामै फेला परेको ठूलो माछा भएको झापा बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवालले बताउँनुभयो ।

उहाँले सो माछालाई मोटरसाईकलमा हालेर स्थानीय झापा बजारमा ल्याएर प्रतिकिलो एक हजारका दरले बिक्री गर्नुभएको थियो । अनौठो माछा हेर्न र किन्न मानिसको भिड बढेको थियो ।

आफुले उक्त एउटै माछा २५ किलो विक्री गरेर केहि किलो खानका लागि घर समेत लगेको मुखियाले बताउँनुभयो । लकडाउनका कारण घरमा केही काम पनि नभएकोले खोलामा तरकारीका लागि माछा मार्न जादा एक्कासि ठुलो माछा फेला परेकाले बिक्री समेत गरिएको मुखियाले बताउँनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 8, 2020