नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, ९०२ संक्रमित थपिए, काठमाडौंमा थपिए ३९६

काठमाडौं, भदौ २३ । नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा को रोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको मन्त्रालयले बताएको छ ।

तेस्तै काठमाडौं उपत्यकामा आज थप ३ सय ९६ जनामा को रोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ३ सय जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना छन्।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ३०६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आइसाेलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 8, 2020
Loading...