सिन्धुलीको जुनार बगैँचाले पर्यटकको ध्यान तान्दै

सिन्धुलीमाढी,

जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लाको करिब १५ सय हेक्टर जमिनमा जुनार खेती लगाइन्छ, विशेष गरेर सिन्धुलीको जलकन्या, रतनचुरा, मझुवा, तिनकन्या, भुवनेश्वोर क्षेत्रमा जुनार खेती गरिन्छ । यस क्षेत्रमा उत्पादन हुने रसिलो जुनारको माग देशैभर हुने गर्दछ ।
जुनार खेती लगाइने ठाउँको मौसम हावापानीको हिसाबले एकदमै राम्रो मानिन्छ ।

अहिले सिन्धुलीका किसानहरुले ब्यबस्थित तरिकाले जुनार खेती गर्न थालेका छन् त्यस क्षेत्रमा जुनारै जुनारको बोटहरुले ढकमक्क परेका डाडाहरु देख्न सकिन्छ । जुन दृश्यले सबैको मन लोभ्याउछ । आजभोलि विभिन्न ठाउँबाट सिन्धुलीको जुनार खेती अवलोकन भ्रमण गर्न आउनेको सङ्ख्या बढ्दै गैरहेको छ ।

यसले एकतर्फ सिन्धुलीको कृषि पर्यटनको सम्भावनालाई बढाउदै लगिरहेको छ भने अर्कोतर्फ कृषकहरूको आर्थिक समृद्धिमा सुधार भैरहेको छ । यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन समितिले जुनार बगैँचा व्यवस्थापनको लागि कृषकलाई साना मेसिनरी तथा औजार उपकरणहरु उपलब्ध गराएको थियो ।

 

बार्सिक २० हजार मेटृक टनको हाराहारीमा उत्पादन हुने जुनार खेती बाट सिन्धुलीका किसानले करिब २५ करोडको आम्दानी गर्छन् । सिन्धुलीको रसिलो जुनार देशैभर प्रख्यात छ ।

प्रकाशित मिति September 16, 2019
Loading...