काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालये आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठकबाट यो सम्बन्धी औपचारिक निर्णय गर्न लागेका हुन् ।

को रोना भाइरस म हामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ तीन गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमश खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्ने तयारी गरिएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विकल्पमा प्रशासनले छलफल गरिरहेको छ ।

चाडपर्व नजिकिँदै गएकाले को रोनाको म हामारी भ यावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी छ । यसअघि थपिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदै छ ।

सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन् । जनस्वास्थ्य मापदण्डलाई क डाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी प्रशासनको छ ।

उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा से ना प रिचालन गरेरे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ ।

देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ । उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ । निरन्तरले निषेधाज्ञाले जनजीवन अ सहज बन्दै गएपछि उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुले नि षेधाज्ञा केही खुकुलो बनाउन माग गर्दै आएका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...