चलचित्र ‘प्रेम गीत ३’ का निर्देशक छेतन गुरुङको निधन

काठमाडौं, भदौ २४। चलचित्र ‘प्रेम गीत ३’ का निर्देशक छेतन गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो ।

‘प्रेम गीत ३’ को रोनाका कारण रिलिज हुन पाएको छैन । लिभरमा समस्या भएका छेतेन दुई दिनअघि हस्पिटल भर्ना भएको र उ पचारको क्रममै उनको नि धन भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

                                                                             गुरुङले ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्म लेखेका थिए । उनको पहिलो निर्देशन रहेको फिल्म ‘डम्बरुको डन्डिबियो’ थियो । ‘प्रेमगीत ३’ मा छेतेनले सन्तोष सेन संग संयुक्त रुपमा निर्देशनको जिम्मा सम्हालेका थिए । दुवैको संयुक्त निर्देशन रहने गरि फिल्म ‘हुतुतु’ को पनि केहिदिन अघि घोषणा गरिएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...