नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए, काठमाडौंमा थपिए ४६४

काठमाडौं, भदौ २४ । नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा को रोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज थप ४६४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा १ हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

त्यसैगरी नेपालमा को रोना संक्रमणबाट थप ६ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या ३१२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा को रोना मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । तेस्तै आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...