काठमाडौं, भदौ २४ । प्रहरीको मानव बेचबिखन तथा ओसारपसार गरेको आ रोपमा दुई जनालाई प क्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई पुरूषलाई अमेरिका पठाउने भन्दै मलेसियाको मनालीमा शारीरिक तथा मानसिक या तना दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
ब्युरोले ललितपुर महानगरपालिका ७ बस्ने ३२ वर्षीय रवि भन्ने रिकेश महर्जनलाई सोमबार र काभ्रेको नमोबुद्ध नगरपालिका ९ बस्ने २२ वर्षीया कमला लामालाई मंगलबार पक्राउ गरेको हो।
उनीहरूले दुई पुरूषलाई २०७६ साल साउनमा अमेरिका लैजाने भन्दै मनिला पुर्याएका थिए। उनीहरूले ४१ लाख ६० हजार रकम समेत ठ गी गरिसकेका थिए। ब न्धक भएका ती पुरूषहरू दुबै जना नेपाल फर्किन सफल भएका थिए।
उनीहरू फर्किएपछि आफू बे चबिखनमा परेको भन्दै कारबाही गर्न उजुरी दिएका थिए। यसमा संलग्न सतिश बर्तौलालाई प्रहरीले साउन २९ गते पक्राउ गरिसकेको थियो। उनीहरूमाथि मानव बे चबिखन तथा ओसारपसार ऐन,२०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्युरोका प्रवक्ताले जानकारी दिए।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 9, 2020