अमेरिकी राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

काठमाडौं, भदौ २४ । सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित भएका छन् । उनले इजरायल र यूएईको बीचको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरे बापत नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो ।

नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन पठाएको अमेरिकी समाचार संस्थाले जनाएको छ ।

                                                                          यसअघि सन् २०१८ मा पनि उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएकोमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको थियो । तर, उनले जित्न भने सकेका थिएनन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...