काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, सवारीसाधनमा जोर-बिजोर लागू

काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।

यो सातापछि भने को रोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

सबै निजि र सार्वजनिक यातायातको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ,’ उनले भनिन्। बढी भेला जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ ।

यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ । कुन-कुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...