सिन्धुलीमा भोलि लोडसेडिङ हुने, शेयर गरी सबैलाई जानकारी गराउनुहोस

भाद्र ३०, सिन्धुलीमाढी।

नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले भोलि (मंगलबार) विद्युत सेवा आ*पू*र्ती बन्द हुने जानकारी दिएको छ । मंगलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सिन्धुलीका प्राय: ठाउँहरुमा विद्युत सेवा आपूर्ति बन्द हुनेछ । प्राधिकरणका अनुसार लाईनको दाया, बायाँ, मुनी र माथि छोएको र छुन लागेको विभिन्न जातको रुख तथा रुखको हांगाहरु कटानी फडानी कार्य गर्नपर्ने भएकोले विद्युत सेवा आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

ढल्केबर सिन्धुली ३३ केभि प्रसारण लाईनको ढल्केवर देखि भिमान सम्म), ११ केभि बजार फिडर अन्तर्गतको सिन्धुलीको सबै बजार क्षेत्र, ११ केभि माझीटार फिडर अन्तर्गतको सबै क्षेत्रहरु (सिन्धुली, माझिटार देखि पुर्वको सबै क्षेत्र), ११ केभि बेनी फिडर अन्त’र्गतको सबै क्षेत्रहरु (सुनकोशी, गोलन्जोर र मरिण गाउँपालिकाको सबै क्षेत्र), ११ केभि भिमान फिडर अन्तर्गतको सबै क्षेत्रहरु (भिमान बजार लगायतको सबै क्षेत्र), ११ केभि रानीबास फिडर अन्तर्गतको सबै क्षेत्रहरु (हर्षाही टाँडी सम्म) र ११ केभि दुधौली फिडर अन्तर्गतको सबै क्षेत्रहरु दुधौली बजार, सिर्थौली बजार लगायत सबै क्षेत्रमा लोड*सेडिङ हुने नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति September 16, 2019