साउदी अरेबियामा कोरोनाबाट ५२ नेपालीको मृत्यु

साउदी अरेबिया, भदौ २५ । साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ जना नेपालीको मृ त्यु भएको छ । साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।

साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो। कोरोनाबाट संक्रमित भएका नेपालीहरू उल्लेख्यनीय रूपमा निको भएको उनले बताए।

हालको तथ्याङअनुसार साउदीमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन। दुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले स्रोत साधनले भ्याएसम्म साउदीमा कार्यरत नेपालीलाई को रोना भा इरस सम्बन्धि सरकारको दिएको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गर्दै आएको छ ।

                                                                            कोरोना भाइरसबाट हालसम्म साउदीमा ३ लाख २३ हजार १२ जना संक्रमित हुनुको साथै २ लाख ९८ हजार ९ सय ६६ जना निको भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृ त्यु भएको छ। सं क्रमितसँगै निको हुने औषत दर ९२ प्रतिशत रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 10, 2020
Loading...