नेपालमा सात महिनापछी कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, थप ५ जनाको मृत्यु

काठमाडौं, भदौ २५ । नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित पचास हजार ४६५ पुगेको जनाएको छ ।पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित पचास हजार नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३५ हजार ७०० सय पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ ।
मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ४४८ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । आठ हजार ११० जना संस्थागत् आइसोलेशनमा छन् । छ हजार ४३८ जना होम आइसोलेशनमा छन् ।

त्यसैगरी नेपालमा को रोना संक्रमणबाट थप ५ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति September 10, 2020