काठमाडौँ उपत्यका आवत-जावतमा थप कडाई

काठमाडौँ, भदौ २५ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेको भोलिपल्ट काठमाडौँबाहिर आवत जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको बताएको छ ।

अबदेखि काठमाडाैँ जिल्लाबाहिर जाने अ त्यावश्यक काम दा’ह संस्कार, कर्मचारीको सरुवा भई जानुपर्नेलगायत सवारी साधनलाई पनि अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । साथै सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ ।

तोकिएका अत्यावश्यक कार्यबाहेक काठमाडौँ जिल्लाबाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासनले स्पष्ट पारेको छ । यसअघि काठमाडौँ आवतजावत गर्नेको लागि सवारी सहजीकरण गरिँदैआएको भए पनि अबदेखि यो सुविधा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 10, 2020