यस्तो ‘चमत्कारिक’ तेजिलो वस्तु अचानक देखियो, एकछिनमै गायब

ललितपुर, भदौ २६ । आज विहान ठिक ५ः ४० को समय । अचानक फाँटमा तेजिलो वस्तु उत्पत्ति भयो । यो वस्तु पहाडको फेदबाट उत्पन्न भई विस्तारै बेसीतर्फ झर्न थाल्यो ।

तेजिलो वस्तु झन् झन् ठुलो आकार लिन थाल्यो । केही समयमा धपक्कै बलेर गा यब भयो । तेजिलो वस्तु महालक्ष्मी नगरपालिकाको बिष्णुडोल नजिकै देखिएको हो । खुल्ला फाँटमा केही मिनेट यसले आफ्नो अस्त्वि देखएर गायब भयो । विहानै यस्तो वस्तु देखिएपछि देख्नेहरु आ श्चर्यचकित भए । कतिपयले यसलाई राँके भु’त भने । कतिपयले हावामा कुनै ग्याँस उत्पत्ति हुँदा बहावसँगै बलेर सरेको बताए ।

उक्त क्षेत्रमा विगतमा पनि यस्तै तेजिलो वस्तु उत्पत्ति हुने र गायब हुने गरेको छ । फेरि देखिएपछि यसबारे चासो बढेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 11, 2020