चलिरहेको बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं, भदौ २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले सल्लाहमै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर बाहिरिएको बताइएको छ । अध्यक्षद्वयको प्रस्ताव पारित गरी स्थायी समिति बैठक आजै सकाउने नेकपाको तयारी छ ।

आन्तरिक किचलो र प्रधानमन्त्री ओलीको राजीनामाको माग पछि स्थगित बैठक डेढ महिनापछि बसेको हो । बैठकमा छलफलका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्ताव अध्ययनका लागि हिजो नै स्थायी समिति सदस्यहरुलाई उपलब्ध गराइएको थियो ।

अध्यक्षद्वयको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने लगायतका विषय उल्लेख छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 11, 2020
Loading...