भाडा नतिरी अर्कै ठाउँमा सरेपछि घरबेटीको आ’क्रमणबाट काठमाडौंमा एकको मृत्यु

काठमाडौँ, भदौ २६ । काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका ७ भाजङ्गालस्थित घरबेटीको आ क्रमणबाट बारा कलैया ५ का ४८ वर्षीय शम्भु चौधरीको मृ त्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारका अनुसार कु टपिटमा सङ्लग्न घरबेटी ६६ वर्षीय प्रेमलाल महर्जनलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

घरबेटी महर्जन र चौधरीबीच खानेपानीको सम्बन्धमा वि’वाद हुँदा चौधरी भाडा नदिई केही दिनअघि अर्कै स्थानमा कोठा सरेका थिए । तर, शुक्रबार दिउँसो १२ बजे चौधरी पुरानो घरबेटी कहाँ पुगेका थिए ।

सोही बेला आपसमा भ’नाभन हुँदा घरबेटी महर्जनले चौधरीमाथि काठको गजवारले आ क्रमण गर्दा स’ख्त घाइते भई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको प्रहरी नायव उपरीक्षक तण्डुकारले बताउनुभयो । उपचारकै क्रममा चौधरीको दिउँसो २,३० बजे मृ त्यु भएको हो ।

मृ तक चौधरीको श’व पो’ष्टमा’र्टमका लागि शिक्षण अस्पताल पुर्याइएको छ । चिकित्सकको भनाइ उदृत गर्दै प्रहरी नायव उपरीक्षक तण्डुकारले गजवार प्र’हारबाट चौधरीको छाती तथा शरीरको भित्री भागमा चो’ट लागेको जानकारी दिनुभयो ।

मदिरा से वन गरी झ गडा गर्न आएकाले चौधरीमाथि गजवार प्र हार गरेको अभियुक्त महर्जनले स्वीकारेका छन् । चौधरी विगत तीनवर्षदेखि महर्जनको घरमा भाडामा बस्दै आएका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 11, 2020