नेपालमा मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने यी पाँच उद्योग परे कारबाहीमा

काठमाडौं, भदौ २७ । नेपालमा मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्ड विपरीत वि’षाक्त मिथानोल हालेर सेनिटाइजर उत्पादन गर्ने काठमाडौंका चार र भक्तपुरको एक उद्योग कारवाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा काठमाडौंका हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट, सूर्यमुखी हर्बल प्रोडक्ट रहेका छन । भक्तपुरको नेपाल कायाकल्प उद्योग पनि कारबाहीमा परेको छ । भक्तपुरको कम्पनीलाई भने विभागले यसअघि नै बन्द गरिसकेको छ ।

विभागले पाँचवटै उद्योगका सेनिटाइजर प्रयोग नगर्न सुचित गरेको छ । मिथानोल प्रयोग गरेको सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्र तिकूल अ’सर पर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिवाना गर्नुका साथै बन्द गर्ने तयारी विभागले गरेको छ ।

उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी समेत गरिएको छ । विभागले तोकेको मापदण्डमा सेनिटाइजरमा इथानोल बाहेकका अन्य र सायन प्रयोग गर्न पाइन्न् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 12, 2020