नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं, भदौ २७ । कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृ त्यु हुनेको कुल सङ्ख्या तीन सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्म मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन जना महिला र ११ जना पुरुषको मृ त्यु भएको जानकारी दिनुभयो ।

                                                                            कोरोना सङक्रमणबाट मृ त्यु हुनेहरुमा पर्साकी ७८ बर्षीया महिला, काठमाडौँकी ७६ बर्षीया महिला, तनँहुकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ४३ बर्षीय पुरुष, काठमाडौँका ५१ र ५४ बर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ बर्षीय पुरुष, चितवनका ६१ बर्षीय पुरुष र स्याङ्जाका ८५ बर्षीय पुरुष, गोर्खाका ४५ बर्षीय पुरुष, कास्कीका ५१ बर्षीय पुरुष, र रुपन्देहीका ६० र ४० बर्षीय पुरुषको मृ त्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 12, 2020
Loading...