यूएईमा ग्याँस सिलिण्डर पड्किँदा नेपाली युवकको मृत्यु

यूएई , भदौ २७ । संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर प ड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो ।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका राजदूतावासहरुले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावासले समेत चाँसो दिएको र एक नेपालीको ज्यान गएको कम्पनीले जानकारी गराएको नेपाली राजदूतावास आबुधावीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका नेपालीको श’व दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पु रिएको अवस्थामा भेटिएको थियो । सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घा इते भएका थिए । उनि उपचारपछि निको भएर काममा फर्किसकेका छन् ।
मृ’तक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्याे । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् ।

घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृ’तकको श’व नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ । उज्यालो अनलाइनबाट ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 12, 2020
Loading...