सिन्धुलीको मरिणबाट काठमाडौं जादै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, ५ को अवस्था गम्भिर

असोज १, खुर्कोट।
सिन्धुलीको मरिणबाट बिपी राजमार्ग हुँदै काठमाडौं जादै गरेको ना ३ ख ९६८४ नम्बरको यात्रुबहाक बस खुर्कोट नजिकै कानढुंगेमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक करीब दुई दर्जन बढी घाइते भएका छन । घटनामा परेका घाइते मध्य ५ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटना भएको ठाँउ खुर्कोट नजिकै पर्छ । बाटो हिलो भएकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

 

प्रहरी र स्थानीय मिलेर अहिले उद्दार जारी रहेको त्यहाँ बाट स्थानीय मनिस कार्कीले जनाएका छन । घाइतेहरुलाई नजिकैको अस्पाताल लाने क्रम जारी रहेको पनि उनले जनाएका छन । यता अविरल बर्षा पछि बिपि राजमार्ग र मध्य पहाडी लोकमार्ग ठाँउ ठाँउमा अबरुद्ध भएको खबर छ । यो राजमार्गको ठाँउ ठाँउमा पहिरो गएकोले यातायात संचालनमा समस्या देखिएको प्रहरीले जनाएको छ । सिन्धुलीमा भारी बर्षाका कारण अधिकान्श क्षेत्रको सडकको अवस्था बिग्रिएको छ ।

प्रकाशित मिति September 18, 2019