ओली सरकार आएपछि भ्रष्टाचार धेरै मौलायो : ट्रान्सपरेन्सी

काठमाण्डौ, भदौ २८। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार धेरै मौलाएको आरोप लगाएको छ ।

खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो आरोप लगाएको हो ।

नेपाल न्युज एजेन्सीसँग आइतबार कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्र करणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरुद्धको बोली ओ’ठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।’

सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै ग ल्ती गरेको छैन भनेर ढाकछोप गर्नुभयो । ओम्नीलाई कानुन विपरीत एक मन्त्रीको सल्लाहकारले रा तारात दिएको ठेक्का कानुन विपरीत छ । यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी सहमूलाई ठेक्का दिएको देखिन्छ ।

त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्न सक्नुभयो रु’, रेग्मीले थप्नुभयाे, ‘उहाँ (ओली) अख्तियार त होइन, उहाँ न्यायाधीश त होइन । प्रधानमन्त्रीको बोलाइ र गराइमा एकरुपता देखिएन । उहाँका नजिक रहेका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटे पनि हुन्छ । हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ । यसमा अख्तियारको पनि केही चल्दैन भन्ने कुरा देखियो ।’

अध्यक्ष रेग्मीले अख्तियार प्रमुखसमेत सरकारको नीति निर्देशनअनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताउनुभयो । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ कि छैन भनेर श ङ्का उब्जाएको उहाँको भनाइ छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृत्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उहाँको चिन्ता छ । उहाँले राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि नि र्मम कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।

आयल निगमको जग्गा खरिद प्र करण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्र करण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अ नियमिततासम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीलाई कारबाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

दोषीमाथि क डा स जायको माग दाबी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै म’हामारीको मौका छोपेर गुपचुपमा अरबौँ रुपैयाँभन्दा बढी रकम हि नामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिने गरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षणसमेत गराएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 13, 2020