उपत्यकामा २४ घन्टाभित्र ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २९ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टाभित्र आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक महिलासहित सातजनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु हुनेहरुमा काठमाडौंका ६ जना, ललितपुर र भक्तपुरका एक एक जना छन् । आज मृत्यु हुनेहरुमा ललितपुरका ५५ वर्षय पुरुषबाहेक सात जना वृद्धवृद्धा छन् ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ वृद्धि भइरहेको छ ।

                                                                            मृतकको विवरण
१. काठमाडौंकी ६१ वर्षीया महिला
२. काठमाडौंका ७७ वर्षीय पुरुष
३. काठमाडौंका ६२ वर्षीय पुरुष
४. काठमाडौंका ७३ वर्षीय पुरुष
५. काठमाडौंका ८५ वर्षीय पुरुष
६. काठमाडौंका ७० वर्षीय पुरुष
७. ललितपुरका ५५ वर्षीय पुरुष
८. भक्तपुरका ७३ वर्षीय पुरुष

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 14, 2020
Loading...