राष्ट्रिय झण्डा जलाउने ग्यालजेन दोर्जे पुर्पक्षका लागि जेल चलान

काठमाडौं, भदौ २९ । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा ज’लाउने पुर्पक्षका लागि जेल चलान भएका छन् । ग्यालजेन दोर्जे तामाङलाई न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । सो आरोपमै पक्राउ परेका मध्ये ३ जना पन्ध्र–पन्ध्र हजार धरौटी तिरेर तारेखमा छुटेका छन् भने पाँच जनालाई साधारण तारेखमा छाडिएको छ । चौबिस भदौमा नौ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मु द्दा दर्ता गरिएको थियो ।

‘मंगोल होप अफिसियल’ नामक युट्युव च्यानलबाट राष्ट्रिय झण्डा ज’लाइएको भिडियो गीत सार्वजनिक गरिएपछि उनीहरु प क्राउ परेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 14, 2020
Loading...