हरिहरपुरगढी, सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउपालिकाले संबिधान दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम गरेको छ । गाउपालिका अध्यक्ष तथा संबिधान दिवस मूल समारोह समितिक संयोजक कारसाङ लामाको उपस्थितिमा दिप प्रज्वलन सहित संबिधान दिवस २०७६ मनाएको हो ।
सरकारले असोज ३ गते संबिधान दिवस मनाउदै आइरहेको छ । भोली सबैले आ-आफ्नो घरमा राष्ट्रिय झन्डा राखेर संबिधान दिवस मनाउन सरकारले आग्रह गरेको छ ।