कुलमानको विषयमा प्रधानमन्त्रीले उठाए  कानुनी प्रश्न

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपछि कानुनी प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझौं, कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेको भन्नुभयो तेसैले आजको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको एक मन्त्रीले जानकारी दिए ।

                                                                            आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेपछि प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश नभएको ती मन्त्रीको भनाइ छ । स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनले आइतबारनै घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लगेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद । रातोपाटीबाट ।

प्रकाशित मिति September 14, 2020
Loading...