बाबुराम भट्टराईले गरे ओलीलाई लाटोबुंगोसङ तुलना

काठमाडौं, भदौ ३० । पुर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टिका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाटोबुंगोसँग तुलना गरेका छन । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन, ‘लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो,ओली सरकार त्यसैको अवतार जस्तो छ।’

‘राष्ट्रिय सभामा बामदेव गौतमलाई आमा नागरिक र मिडियाले नलौजाउ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ’ उनले लेखेका छन ।

                                                                            कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । कुलमान घिसिङलाई पुन प्राधिकरणको नेतृत्व दिन आम सर्वसाधारणले सरकारलाई चौतर्फी द’वाव दिइरहेका छन् ।                                                                           केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती निभाएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 15, 2020
Loading...