एक जिल्लाको मतले मन्त्रीबन्न योग्य हुने, कुलमानसङ ३ करोड नेपालीको मत छ – महजोडी

काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘महजोडी’ले कुलमान घिसिङलाई पुन नियुक्ती गर्नु पर्ने माग गरेका छन् ।

मदनकृष्णले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्, उनले भनेका छन एक जिल्लाको मत प्राप्त गरेपछि सांसद, मन्त्री बन्दै एउटा सिङ्गो मन्त्रालय हाक्न योग्य हुने तर कुलमानसङ ३ करोड नेपालीको मत छ त्यसलाई ख्याल गरिनुपर्छ ।

त्यसैगरी हरिवंश आचार्यले कुलमा घिसिङको तस्बिर पोस्ट गर्दै लेखेका छन् – ‘यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ । ऊज्यालो ल्याउनेलाई सम्मान गरौ। उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’
आज मंगलबार अर्थात् भदौ ३० बाट कुलमान घिसिङको नेपाल विधुत प्राधिकरणको कार्यकाल सकिएको छ । घिसिङको कार्यकाल सकिए लगतै सर्वसाधारणदेखि कलाकारहरुले हरेक दिन साँझ ८ बजे ५ मिनेटसम्म बत्ती निभाएर सरकारलाई दवाब दिने अभियान चलाउन थालेका छन् ।

मदन कृष्ण श्रेष्ठले लेखेका छन्–‘एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका सांढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ
जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टि बाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचीत हुने निश्चीत देखिन्छ। आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ।

तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन।
लौ है आदरनिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।

अर्को एउटा कुरा – “कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोड सेडिङ मुक्त गराई दिनुहुने आदरनिय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारी लगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देकोछु मैले ।” भनेर श्रेष्ठले कुलमान घिसिङको तस्बिर सहित फेसबुकमा पोस्ट गरेका छन् ।

प्रकाशित मिति September 15, 2020
Loading...